काठमाडौं – लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोगलगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकासकोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
नवनियुक्त उपाध्यक्ष लामालेआफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएकोपनि पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘हुँदै नभएको र गर्दैै नगरेकोअपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ ।बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैलेआर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छुभने म माथि लगाईने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटैगर्नेछु । लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’
नवनियुक्तउपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चारमाध्यामलाई पनि आग्रह गर्नु भयो । त्यसक्रममा उहाँले आफूलाई सो कोषकोउपाध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार व्यक्त गर्नुभएको थियो ।