सरकारले जनताको पक्षमा काम गर्न सकेनः नैनसिंह महर

काठमाडौँ –  नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियान अन्तगर्त धनुषामा खटिनुभएका केन्द्रिय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भिर नरहेको आरोप लगाउनु भयो । जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै महरले गठबन्धनको साझा अवधारणा अनुरुप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाउनु भयो । महरले सुन तस्करी प्रकरणमा भेदभावपूर्ण छानबिन गरिरहेको बताउनु भयो । उनले सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छै्रनन, खडेरीले किसान थप मारमा परेका छन्, उनले भने ‘सरकार यी समस्याहरु समाधान गर्न पहल त गरिरहेका छैनन् त्यसमाथी सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ ।’ 

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा काँग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्