दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु

काठमाडौं  – नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सीको संयोजकत्वमा शनिवारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।
प्रशिक्षण कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन झएको हो । प्रशिक्षण कार्यक्रम (आज र भोलि गरी) दुई दिनसम्म सञ्चालन हुनेछ । यो कार्यत्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिने कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले बताउनु भयो । उहाँले डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेपालमा पहिलो पटक भएको बताउनु भयो । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिन आवश्यक रहेको बताउनु भयो । नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी गठन हुने क्रममा छ । नेपाल एन्टि डोपिङ एजेन्सी युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्वायत्त निकायको रुपमा गठन हुनेछ ।

प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन जना विशेषज्ञ आउनुभएको छ । प्रशिक्षकमा नाडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहनुभएको छ । ६ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नविसमानसिंह प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन वैद्य, असिम सुवेदी र पूजा भण्डारी हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्