कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन्। थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए। नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। कोशी प्रदेशका सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री लिने दल बाहेकका दलहरूले रोजेर मन्त्रालय लिने सहमति गरेका थिए।

सोहीअनुसार पहिले माओवादीले, त्यसपछि एकीकृत समाजवादीले र तेस्रोमा कांग्रेसले मन्त्रालय रोजेका हुन्। जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालय रोजे पनि आज उनको शपथ भने भएन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्