अधिंकाश सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड हुन्छ । दिनहुँ जसो सेवाग्राहीको चाप बढ्दै जान्छ । यसरी मानिसहरुको चाप बढ्न थालेपछि त्यो ठाउँको जग्गा, घर भाडा, सटर भाडालगायत सबैको मूल्यवृद्धि हुन्छ । यति मात्र नभई त्यहाँ भएका व्यापार व्यवसाय समेत फस्टाउँछ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय र राहदानी विभागमा मात्रै मानिसहरुको हुल देखिनछ । नगरपालिका, वडा कार्यालय, प्रहरी चौकी र सहकारी विभागमा सहकारीले पैसा खाइदियो भनेर उजुरी दिएको लाम छ ।
करिब तीन वर्षअघि मालपोत र यातायात कार्यालय भएको ठाउँमा खाली कोठा वा सटर भेटिदैँन्थ्यो । पाएपनि एउटै सटरको २० हजारदेखि १० लाखसम्म मासिक भाडा वा खाली सटर २० लाखदेखि ५० लाखसम्ममा बिक्री भएको पनि प्रशस्तै सुनिन्थ्यो ।
त्यस्तै, एउटा कोठाको १० हजारदेखि २० हजार र एक फ्रल्याटको ३० हजारदेखि २ लाख रुपैयाँसम्म लिँदा पहिल्यै तीन महिनाको भाडा पनि तिर्नुपथ्र्यो । घरधनीहरु वर्षेपिच्छे भाडा बढाउँन्थे । तर राम्रो व्यापार व्यवसाय हुने भएकाले यत्रो पैसा तिरेर पनि त्यहाँ कोठा पाउनै मुस्किल हुन्थ्यो ।
अहिले यसको ठिक विपरीत भएको छ । मालपोत र यातायात कार्यालय वरपर घर, कोठा वा सटर खाली देखिन्छन् । खुलिरहेको पसलमा पनि बहनी समेत नहुने व्यापारीहरु बताउँछन् । मालपोत र यातायात कार्यालय, सरकारी कार्यालय वरपर लेखनदास काम गर्नेहरुले पनि महिनौं दिनदेखि भाडा नतिरेको सुनिन्छ ।
दुई वर्षअघिसम्म मालपोत र यातायात कार्यालयमा खुट्टा टेक्ने ठाउँ हुन्न थियो । जताततै भिडभाड हुन्थ्यो । तर, अहिले यी सरकारी कार्यालय सुनसान छन् । यहाँका कर्मचारीहरु काम नभएर झिँगा धपाएर बस्छन् । वरपर सञ्चालनमा भएका होटल व्यवसायीहरु पनि पहिला लाखौंको व्यापार हुनेमा अहिले त कहिलेकाँही बहनी समेत नहुने बताउँछन् ।
उनीहरु पनि लामो समयदेखि सटर भाडा, घर भाडा तिर्न नसकेको बताउँछन् । यसरी मन्दी आउनुको कारण बैंक तथा वित्तिय संस्थाले कर्जा नदिनु उनीहरुको भनाइ छ । उनीहरु भन्छन्, ‘सहकारी बचतकर्ताको पैसा लिएर भागिहाल्यो । बैंकले पनि कर्जा दिदैँन । मानिससँग घरजग्गा र गाडी किन्ने पैसा छैन । यसले पनि यो अवस्था आएको हो ।’
सहकारीहरु रातारात भाग्न थालेपछि आम सर्वसाधारणले बैंक तथा वित्तिय संस्थामा भएको आफ्नो रकम समेत धमाधम निकाल्न थाले । जसले गर्दा बैंकको कर्जा प्रवाह ठप्प भएको छ । घरजग्गा, गाडी र सेयरलाई कर्जा दिन बैंक आलटाल गर्छ ।
सहकारीमा पैसा राखेकाहरुले न घरजग्गा किन्न पाए न गाडी । उल्टै उनीहरु बिचल्लीमा परे । पैसा भएका सबैले ब्याजको प्रलोभनमा सहकारीमा रकम जम्मा गरेका थिए । तर, सहकारीले रकम खाएपछि उनीहरुले कसरी घरजग्गा, गाडी र सेयर किन्नु ? यता, पैसा नहुनेलाई घरजग्गा, गाडी र सेयर जति सस्तो मूल्यमा आएपनि के फाइदा ।
घरजग्गा, गाडी र सेयरलगायतमा यसरी मन्दी आउँछ भनेर कसैले पनि सोचेको थिएन । अहिले मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयमा लेखनदास गर्नेहरु आफुले यस्तो मन्दी कहिल्यै नदेखेको बताउँछन् । छ÷सात दशकअघि समेत यस्तो मन्दी नआएको उनीहरुको दाबी छ ।
व्यापार व्यवसाय ठप्प भएपछि अहिले सरकारी कार्यालय वरपरका व्यापारीहरुले धमाधम कोठा र सटर खाली गरेका छन् । अहिले सरकारी कार्यालयअगाडि नै कोठा खाली, सटर खाली भनेर लेखिएको भेटिन्छ । त्यसैगरी, बाटोमा हिड्दा पनि जताततै कोठा, सटर, फ्रल्याट खाली लेखिएको पोष्टर देखिन्छ ।
अहिले सटर नछोडेका व्यापारीहरु समेत बहनी समेत नहुने हुँदा घर भाडा तिर्न नसकेर सटर छोड्नुपर्ने अवस्था आएको बताउँछन् । बजारमा बुझ्रदा मुलुकभर ६० प्रतिशत घर, कोठा, सटर वा फ्रयाल्ट खाली भएको सुनिन्छ । जसोतसो बसिरहेका ४० प्रतिशतले समेत भाडा तिर्न नसकेको बताइन्छ ।
अहिले सरकारी कर्मचारी र पेन्सन खानेले मात्र भाडा तिरेका छन् । अन्य क्षेत्रमा काम गर्नेहरुले महिनौं दिनदेखि भाडा तिरेका छैनन् । बैंकमा आफैंले राखेको पैसा झिक्न गएमा एक शाखाबाट अर्को र अर्कोबाट अर्को शाखामा पठाइन्छ । तर, पैसा भने फिर्ता दिइदैँन ।
अधिंकाश बैंकमाबचत गर्नेभन्दा निकाल्नेको भिड देखिन्छ । अहिले सहकारीका अध्यक्ष र सञ्चालकहश्र बचतकर्ताले कालोमोटो दल्ने वा प्रहरी चौकी बुझ्राउने डरले लुकीलुकी हिडेका छन् । बचतकर्ताहरुले सहकारीका अध्यक्ष र सञ्चालकलाई जहाँ भेटेपनि कुट्ने, कालोमोटो दल्ने र प्रहरी चौकी बुझ्राउने भनेर चेतावनी दिइसकेका छन् ।
पछिल्लो समय धेरै सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । अहिले घरजग्गा, गाडी र सेयर लगानीकर्ता लगानी डुबेपछि आत्महत्या गर्न बाध्य भएका छन् । कतिपयले त देश पनि छोडेका छन् भने कतिपय लुकीलुकी हिडेका छन् ।
बजारमा हजारौं मानिसहरु घरजग्गा, गाडी र सेयर बेच्न चाहन्छन् । तर, किन्ने कोही छैन । यसको मूल्यमा भारी गिरावट आएको छ । तीन वर्षअघि ७५ लाख आनामा किनेको जग्गा अहिल आनाको लाख रुपैयाँ बिक्री नभएको सुनिन्छ । त्यस्तै, ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्दैन त ५० लाखमा किनेको गाडी पाँच लाखमा जादैँन ।
आम सर्वसाधारणदेखि विज्ञ, अर्थविद् समेत मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको बताउँछन् । ऋण लिएर व्यवसाय गर्नेहरु आत्महत्या गर्न बाध्य भएको उनीहरुको भनाइ छ । अहिले बैंक तथा वित्तिय संस्थाबाट घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकाहरुले आफ्नो धितो ने छोडेका छन् ।
अहिले सुनिन्छ कि बैंकहरुले हजारौं घरजग्गा, गाडी र लाखौं सेयर लिलाम गर्दा समेत किन्ने मान्छे कोही भेटेन । यसरी मान्छे नभेटिएपछि बैंक आफैं यसको व्यापार व्यवसायका लागि अफिस समेत सञ्चालन गरे । तर, त्यहाँ पनि किन्न कोही गएन । हाल बजारमा यी वस्तुहरुको मूल्य घट्दै गएको छ ।
विज्ञहरु अबको तीन दशकसम्म यसको मूल्य बढ्नेदाबी गर्छन् । जग्गा दलालीहरुले खेतीयोग्य जमिन प्लटिङ गरेर आनाको पाँच हजार रुपैयाँमा बिक्री नहुने जमिन लाखौं रुपैयाँमा बेचे । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३२ सय कित्तामा बेचियो । २ रुपैयाँ किलोमा बिक्री नहुने फलाम भारतले गाडी बनाई नेपाललाई करोड मूल्य बेच्यो ।
अहिले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउनेबित्तिकै व्यापारीहरुले चामलको मूल्य हवात्तै बढाएका छन् । मानिससँग दुई छाक खाने पैसा छैन । महंगी बढेको बढ्यै छ । बेरोजगारी पनि उत्तिकै छ । अनि यस्तो अवस्थामा कसले किन्छ घरजग्गा, गाडी र सेयर ?
विश्व स्वास्थ्य संगठनले समेत नेपालमा भोकमारी सुरु हुने बताइसकेको छ । अहिले नै महंगीले सीमा नाघेको छ । दुई छाक खाने ठाउँमा जनताले एक छाक खान थालेका छन् । हाम्रो नेपालको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । केही जमिन भारत र चीनको कब्जामा छ ।
यसले अब नेपाली जनता भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले पनि अब न अर्थतन्त्र चलायमान बनाउन सक्छ न मन्दी कम गर्न सक्छ । केही दिनअघिसम्म १७ सयमा पाइने चामल २५ सय पुगेको छ । व्यापारीहरुले कालोबजारी सुरु गरेका छन् ।
अब झन् २५ सय तिर्छुभन्दा समेत चामल पाइदैँन । नेपाल खाद्यान्नमा आत्मनिर्भर छैन । हामी अहिले पनि खाद्यान्न आयातमै भर पर्नुपर्ने अवस्था छ । सरकारले समयमै खेतीयोग्य जमिन प्लटिङ गर्न नदिएको भए वा घर र बाटो बनाउन नदिएको भए आज यस्तो अवस्था आउँदैन थियो ।
दलालीहरुले व्यक्तिगत स्वार्थका लागि सर्वसाधारण जनता त डुबाए नै राष्ट्र समेत सिध्याएँ । यसरी राज्यभन्दा दलाली शक्तिशाली हुँदा मुलुकको अर्थतन्त्र त नाजुक अवस्थमा पुग्यो नै सँगै भोकमारीको समेत संकेत देखियो ।
रुषा थापा
भक्तपुर