काठमाडौँ – संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । मंगलबार अपराह्न सिंहदरबारमा डेढ घण्टा बसेको परिषद् बैठक निष्कर्षविहीन बनेको हो ।
बैठकमा धेरै विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषय प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।
‘धेरै विषयमा छलफल भयो तर निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ’, तिमिल्सिनाको भनाइ छ ।