अनुसा थापा
भक्तपुर
राजतन्त्र हटाउनका लागि सात राजनीतिक दलले २०६२–६३ सालमा १९ दिन आन्दोलन गरेका थिए । त्यतिबेला गृहमन्त्री कमल थापाले सम्हालेका थिए । उनले राजाको विरोधमा उत्रिएका हरेकलाई गोली ठोक्न आदेश दिए । बच्चा होस् या बुढा, राजाको विरोधमा उत्रिनेलाई सिँधै गोली ठोक्न उनले भने । उनको आदेश प्रहरीले नटेर्ने कुरा भएन् । प्रहरीले धमाधम गोली चलाउन थाल्यो । जसले गर्दा हजारौं घाइते भए र सयौं शहिद । तर, जनताको अगाडि कसैको केही लागेन् ।
जनता मर्न तयार भए तर उनीहरु आन्दोलनबाट ब्याक हटेनन् । राजाले लिएको जनताको नासो जनतालाई नै फिर्ता दिनुपर्छ । नेपालमा राजतन्त्र चाँहिदैन् भनेर सब सडकमा ओइरिए । कमल थापाले जनता मारेर आफ्नो सत्ता टिकाउन खोजेका थिए । जनताको अगाडि राजा ज्ञानेन्द्र त झुक्नुपर्यो भने उनको पनि केही लागेन् । दरबार छोडेर राजा जंगलमा गएर बस्नुपरेको छ । त्यो बेला मन्त्री खानेहरुलाई देश निकाला गर्नुपर्छ भनेर व्यापक आवाज उठेको थियो ।
मन्त्रीहरुको घरघरमा पुगेर ढुंगामुढा गरियो । अझ कमल थापासंग त जनता यति आक्रोशित थिए कि उनलाई त बाटो हिँड्न पनि महामुश्किल थियो । त्यसको एकाध वर्ष उनी कही निस्किएनन् । कार्यक्रममा पनि सहभागी भएनन्, घरबाट बाहिर पनि निस्किएनन् । जनतालाई दबाउन खोज्दा के हुँदो रहेछ ? भन्ने त त्यतिबेला देखिहालियो । जनतामाथि शासन चलाउन खोज्दाको परिणाम राजा र त्यतिबेलाका मन्त्रीहरुले अझै भोगिरहेका छन् । अझैपनि राजतन्त्र चाहिन्छ भनेर उनी आवाज उठाउँदै हिँडेका छन् ।
देशमा राजा नै चाहिन्छ, संघीयता हटाउनुपर्छ, हिन्दुराज्य कायम गर्नुपर्छ भन्ने अनि उताबाट राजाबाट पैसा ल्याएर खाने । २०६४ चैत २८ गते भएको चुनावमा माओवादीले १२१ क्षेत्रमा प्रत्यक्ष चुनाव जितेको थियो । केही क्षेत्रमा थोरै मतान्तरले पराजित भएको थियो । तर, माओवादीले कांग्रेसलाई राष्ट्रपति दिएन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खाएर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति दिएको भए त्यतिबेला नै संविधान बन्थ्यो । प्रचण्डले आर्मीका चिफ रुक्मांगद कटुवाललाई पदबाट हटाउने भनेर सिफारिस गरे ।
मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर राष्ट्रपति रामवरण यादवका प्रमाणिकरणका लागि पठाइयो । तर, उनले स्वीकृत गरिदिएनन् । यादवले धोका दिए । यता, प्रचण्डले कसैले राजीनामा नमागिकन बोल्दाबोल्दै राजीनामा दिए । त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री भए । २०७० सालमा प्रधानन्यायाधीश खेलराज रेग्मीले चुनाव गराए । दुईटा कारणले गर्दा देशमा पहिलो चुनावपश्चात् संविधान बनेन् । उनले गिरिजालाई राष्ट्रपति दिएको र कटुवाललाई हटाउन नखोजेको भए पहिलो चुनावमै संविधान बन्थ्यो ।
पहिलो चुनावबाट संविधान नबन्नेबित्तिकै कमल थापाको हिलो छ्याप्ने काम शुरु भयो । २०४६ सालकै संविधान व्यूतिन्छ, देशमा फेरि राजतन्त्र नै आउँछ, हिन्दु राज्य नै चाहिन्छ भनेर उनी घरघर जान थाले । उनले विस्तारै आफ्नो संगठन बनाउन थाले । जनताहरुमा भ्रम छर्ने र राजाबाट ल्याएर पैसा पचाउने, उनको योजना नै यही थियो । २०७० सालसम्म जनताले जनयुद्धसमेत पनि बिर्सिसकेका थिए । त्यतिबेलासम्म माओवादी पनि निकै कमजोर बनिसकेको थियो ।
२०६४ सालको माओवादी खोक्रो बन्दै थियो । सबै पार्टीले माओवादीमाथि हिलो छ्याप्न थालिसकेको थियो । जसको कारण पनि माओवादी कमजोर बन्यो । यसको फाइदा राप्रपाले लियो । फेरि राजा ल्याउछुँ, हिन्दु राज्य कायम गर्छु, संघीयता खारेज गर्छु भनेर कमल थापा घरघरमा पुगे । उनले यही नारा लगाएर भोट मागे । जनताले पनि होला त नि भनेर उनको पार्टीलाई २४ सीट दिए । २०७२ सालमा प्रधानमन्त्री सुशील कोइराला थिए । कमल थापाले संविधान ल्याउनबाट रोक्न खोजेका थिए ।
कमल थापासंगै भारत पनि लाग्यो । तर, कोइरालाले २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरेरै छाडे । राजालाई दरबारमा भित्र्याउछुँ, हिन्दु राज्य फर्काउछुँ भनेर २४ सीट ल्याएका कमल थापाले छरेको भ्रम त्यतिबेला तोडियो । संविधान बनेपछि कोइराला निस्किए, केपी ओलीको नेतृत्वमा सरकार बन्यो । नयाँ संविधानअनुसार ओलीको सरकार गठन भयो । कमल थापा ओली सरकारमा गए । उनी कस्ता व्यक्ति रहेछन् भन्ने त त्यतिबेला छर्लङ्ग भयो ।
उनले नयाँ संविधानअनुसार बनेको सरकारमा मन्त्री खाए । ओली हटेर प्रचण्ड प्रधानमन्त्री बने । उनी प्रचण्ड सरकारमा पनि मन्त्री भए । त्यसपछि बनेको शेरबहादुर देउवाको सरकारमा पनि उनी पुगे । उपप्रधानमन्त्री खाइदिए । कमल थापा कतिसम्म ‘फट्याहा’ व्यक्ति रहेछन् ? भन्ने त जनताले थाहा पाइहाले । २०६२–६३ सालमा जनतालाई गोली ठोकेर मार्ने उनी नै हुन् । त्यसपछि फेरि राजतन्त्र चाहिन्छ भन्दै भाषण ठोक्ने पनि उनी नै हुन् ।
२०७२ सालको संविधानले ल्याएको लोकतन्त्र–गणतन्त्र र संघीयतालाई स्वीकारेर पटकपटक मन्त्री खाए । अहिले फेरि देशमा राजतन्त्र चाहिन्छ, हिन्दुव्यवस्था फर्काउनुपर्छ भन्दै हिँडेका छन् । पदको पछाडि दौडिने यस्ता व्यक्तिको पछाडि लागेर पनि हुन्छ ? कमल थापाजस्ता स्वार्थी व्यक्तिले देशको लागि केही गर्छ ? जनताले २०७४ सालको चुनावमा राप्रपालाई नराम्ररी पराजित गरे । जम्मा एक सीट ल्याएको थियो, त्यो पनि राजेन्द्र लिङ्देनले । जनताले नपत्याएपछि र राजा ज्ञानेन्द्रले पैसा दिन छोडेपछि कमल थापा पशुपति शमशेर र प्रकाशचन्द लोहनीको शरणमा पुगे ।
पार्टी एकीकरण गरेर बलियो बनाउनुपर्यो भन्दै उनी धुरुधुरु रोए । उनीहरुले पालोपालो अध्यक्ष खाने शर्तमा पार्टी एकीकरण गरे । त्यतिबेला कमल थापाले गीता टाउकोमा राखेर पार्टी नफुटाउने कसम खाए । पार्टीको महाधिवेशन भयो, राजेन्द्र र कमल एकअर्कासंग भिडे । उनीहरु अध्यक्ष पदका लागि लडे । राजेन्द्रले जिते, कमलले हारे । ‘मलाई राजाले चुनाव हराए’ भनेर उनी राजामाथि खनिए । उनले जुनसुकै अवस्थामा पार्टी फुटाउँदिन भनेर गीता टाउकोमा राखेर कसम खाएका थिए ।
तर, पार्टी फुटाएरै छाडे । २०७९ मंसिर ४ गतेको चुनावमा एमालेको चुनाव चिन्ह लिएर मैदानमा उत्रिए । तर, मकवानपुरका जनताले पत्याएनन् र उनले चुनाव हारे । जनता र राजाबाट नङ्गिएपछि उनको समाउने हाँगा र टेक्ने खुड्किलो भएन् । जसका कारण उनी सामाजिक सञ्जालमै सीमित भएका छन् । केही दिनअघि एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदले सेना कटौतीको विषयमा बोले । त्यसपछि उनी जुर्मुराए । आमी हटाउने होइन् ‘एक्सफोर्स’ खडा गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिइहाले ।
उनले त्यति भनेका थिए, भूपू आर्मीका संघसंगठन उनीकहाँ पुगिहाले । ‘हामी तपाईंकै पार्टीको कार्यकर्ता हौं, आर्मी हटाउन लागे, यसको विरोधमा तपाईं बोलिदिनुपर्यो’ भनेर उनीहरुले आफ्नो गुनासो सुनाएपछि कमल थापाले देशमा तीन लाख आर्मी चाहिने बताए । देशको आर्थिक अवस्था कमजोर छ, तलब खुवाउन सक्ने अवस्था छैन्, आर्मीले जनताको हितमा काम गर्न सकेका छैनन् भन्ने कुरा उनले बिर्सिए । राजाले राखेको आर्मी गणतन्त्रका नेताले हटाउन मिल्छ भन्दै उनी आक्रोशित भए ।
तीन लाख आर्मीलाई कमल थापाले तलब दिने हो ? आर्मीको देशमा के योगदान छ ? यसको जवाफ दिन सक्छन्, उनले ? पञ्चायती कालमा गुण्डागर्दी गरेर हिँड्ने उनी एक नम्बरका भ्रष्टाचारी नेता हुन् । राजतन्त्रदेखि लोकतन्त्र–गणतन्त्रसम्म आइपुग्दा उनले सबैभन्दा धेरैपटक मन्त्री खाएका छन् । जनता र राजाको आँखामा नङ्गिसकेका उनले आर्मीलाई भर्याङ बनाउन खोजेका छन् । भूपू आर्मी आफ्नो पार्टीमा ल्याएर संगठन बलियो बनाउन उनले खोजिरहेका छन् ।