बझाङ – बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्न कठीन भएको छ। बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि भने कष्टकर बनेको छ । जिल्लामा सबै ठाउँमा सडक सञ्जाल पुगेको भएपनि बर्खा याममा भन्ने प्राय जसो सडक अवरुद्ध हुँदा बुद्ध आमा बुबा तथा अपाङ्ग ब्यतिहरुलाइ भत्ता बुझ्न कठीन भएको छ।जनप्रतिनिधि र वडाका कर्मचारी मार्फत घरैमा भत्ता बुझ्दै आएका जिल्लाका बिभिन्न लक्षित वर्गका लाभग्राहीलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न,र बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सास्ती हुन थालेको उनिहरुले बताउने गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि बैंकिङ प्रणाली अपनाउने सरकारी लक्ष्य अनुसार जिल्लाको साइपाल गाउपालिका बाहेक अन्य पालिकाका११ वटै स्थानीयतहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । साइपाल गाउपालिकामा भने बैक नहुदा घरमा नै गएर भत्ता बितरण गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो ।
साइपाल बाहेक अन्य स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैँ बैंक पुग्नुपर्ने र बैंकमा कागजी प्रक्रिया पनि आफैँले मिलाउनुपर्ने भए पछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निकै सास्ती भोग्नु परेको उनिहरु दुखेसो रहेको छ। बैंक खाता अनिवार्य गरेपछि बैंकसम्म पुग्न भौगोलिक विकटता तथा कठिनाइले बैङ्क सम्म पुग्न आफुहरुलाइ समस्या हुने गरेको लाभग्राहीहरूको गुनासो रहेको छ। जिल्लाका ११वटा स्थानीय तहमा बैंक स्थापना भएका छन् । पालिकाहरूले पालिकाभित्रैका बैंकमार्फत भत्ता वितरण गर्ने नीति ल्याए पनि पालिकाको केन्द्र पुग्न दिनभर हिँड्नुपर्ने वा महँगो रकम तिरेर सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ ।यो समयमा प्रायः सडक अवरुद्ध हुँदा झनै आफुलाई पालिका को केन्द्र सम्म पुग्न पनि समस्या हुने गरेको छ। अधिकांश सामाजिक सुरक्षा भत्ता लिने उमेर समूहका मानिस अरूको सहारा लिनुपर्ने अवस्थाका छन् । परिवारका सदस्य वा छिमेकीको सहारा लिने लाभग्राहीले बुझेको भत्ताको केही प्रतिशत सहयोग गर्नेलाई दिने गरेका छन् ।
नियमित सवारी नचल्ने भएकाले रिजर्भ गर्दा भाडा महँगो हुने अझ आवतजावत र अन्य खर्चसमेत स्वयं लाभग्राहीले व्यहोर्नुपर्ने भएपछि भत्ताबापत आउने रकम आधाभन्दा बढी खर्च भइसक्ने समस्या छ । जयपृथ्बी नगरपालिका १ कि आसा कुमारी सिंह पुर्ण रुपमा दुवै आँखा नदेख्ने समस्या रहेको छ। कलिलो उमेरमा आँखा नदेख्ने र खुट्टा दुख्ने समस्याले उहा राम्रोसँग हिँडडुल गर्न सक्नु हुन्न् । विगतमा घरैमा भत्ता बुझ्ने उहालाई अहिले सरकारले दिने वृद्धभत्ता लिन सदरमुकाम चैनपुर बजार पुग्नुपर्छ । सदरमुकाम चैनपुर पुग्न उहाँ लाइ एक जना अर्को मान्छे साहारा पनि चाहिने भएकोले उहाँले गाडी रिजर्भ वा दुई जनाको भाडा तिरेर अपाङ्गता भत्ता बुझ्ने गरेकि छन। पहिलेजस्तो घरमै पाए कति सजिलो हुन्थ्यो उहाले भन्नुभयो । जिल्लाका अधिकांश ज्येष्ठ नागरिक तथा अपाङ्ग ब्यतिहरुलाइ सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट लिन निकै झन्झटिलो भएको बताएका छन् । आफुहरुले पाउने भत्ता गाडी भाडा तथा अन्य खर्च भएर आधा मात्र बच्ने गरेको उनिहरुले बताउने गर्छन्।