काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने नेकपा (एमाले)ले बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो।
विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १५५ किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गर्दै , एमालेले आज संसद अबरुद्ध गर्ने भएको नेता महेश बस्नेतले बताउनुभयो ।
सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।