प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संसदमा पेश हुने संसद् सचिवालयले संसद् सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्