बझाङ – जयपृथ्बी नगरपालिका १ मा गैरसरकारी सँस्था द्धारा निर्माण गरीएको एक वटा बालमैत्री सौचालय हस्तान्त्रण गरीएको छ । जयपृथ्बी नगरपालिका १ मा रहेको नारायण माध्यमिक विद्यालय पिमीको २ गोठे बालमैत्री सौचालयको भबन हस्तान्तरण गरिएको हो । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग ,प्रगतीशिल युवासमाजको साझेदारी ,जयपृथ्बी नगरपालिकाको समन्वय तथा स्थानीयको सहयोगमा उक्त २ कोठे भुकम्प प्रतीरोधी , बालमैत्री अपाङगमैत्री सौचालय भबन निर्माण गरीएको थियो । समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत उक्त भबन निर्माण गरीएका हो ।
नारायण माध्यमिक बिद्यालयको सौचालयको भबन १६ लाख २० हजार ५ को लागतमा निर्माण कार्य सम्पन्न भएको प्रगतीशिल युवा समाजका कार्यकारी निर्देशक लब राज जोशीलेबताउनुभयो । २०७९ साल मँसिर २० गते बाट सुरु भएको निर्माण कार्य २०८० साल बैशाख २० गते सम्पन्न भएपछि सोमबार बिद्यालयलाइ हस्तान्त्रण गरीएको हो । उक्त भबन बनेपछि बिद्यार्थीहरुलाइ गुणस्तरिय सौचालय भनेको र बिधालय मा मिन्स हुने शिक्षािका तथा छात्रालाइ सजिलो हुने र यसको रेखदेखमा बिद्यालय परीवारले पनि ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै जयपृथ्बी नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष डम्बर बहादुर सिंहले सँस्थालाइ धन्यबाद दिदै बिद्यालयमा बालमैत्री अपाङ्ग मैत्री सौचालयको भबन भनेको बालबालिकाको भबिष्य कोर्ने ठाउ भएकाले यसको रेखदेख गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
बिद्यालयको गुणस्तर बढाउन र थप सुधारको लागी आफु पनि लागी पर्ने बताउनुभयो । त्यसै गरि उक्त भबन उद्घाटन कार्यत्रममा बोल्दै जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजालले बझाङ जिल्लामा प्रगतीशिल युवा समाज र वल्र्डभिजनले राम्रो काम गरीरहेको बताउदै उक्त बिद्यालयको रेखदेख गर्ने जिम्मा अब बिद्यालयको रहेको बताउनुभयो । भबन सँगै पढाइलाइ गुणस्तरीय बनाउन बिद्यार्थीले बढि दिनुपर्ने, शिक्षकले पढाइ दिनुपर्ने, र अभिभाबकहरुले बालबालिकालाइ बिद्यालयमा पढाउनुपर्ने जानकारी दिनुभयो। उक्त स्कुलमा बालमैत्री अपाङ्ग मैत्री सौचालयको व्यवस्थापन असहज भएपछि सबैको सहकार्यमा भबन बनाउने उदेश्य पूरा भएको र भबन बनाउनका लागि सबैको महत्वपुणर् भुमिका रहेकाले भवनको संरक्षण गर्नका लागि समुदायले अगाडि बढ्नु पर्ने प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।