काठमाडाैं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गर्नुभएको छ ।
मङ्गलवार संघीय राजधानी काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले ता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गर्नुभएको हो । उहाँले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गर्नुभयो ।