काठमाडौं – नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । गण्डकी बाहेक अन्य प्रदेशको मिति तय भएको हो । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ ।
कोशी प्रदेश – असोज १२–१३ गते
मधेश प्रदेश असोज ५–६ गते
बागमती प्रदेश असोज ८–९ गते
लुम्बिनी प्रदेशमा भदौ १६–१७ गते
कर्णाली प्रदेशमा भदौ २९–३०
सुदूरपश्चिम प्रदेशमा भदौ २२–२३ अधिवेशनको मिति तोकेको छ ।
अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ । प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।
एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ । प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।