काठमाडौं – श्रीलंकामा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले हात पारेको छ। श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ भारतलाई १२८ रनले हराउँदै उपाधि उचालेको हो।
नेपालसमेत सहभागि प्रतियोगिताको फाइनल भिडन्तमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो। पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत २ सय २४ रनमै अलआउट भएको हो।
पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले।