गगन थापालाई संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगर्न डा. मिनेन्द्र रिजालको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगर्न सुझाव दिएका छन् ।

आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए ।

‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’

६ पुस २०७९ मा भएको संसदीय दलको चुुनामा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए । केन्द्रीय सदस्य रिजालले कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्