फोहर बिसर्जनमा अवरोध भएको भन्दै बञ्चरेडाँडामा प्रहरी परिचालन

काठमाडाैं उपत्यकाको फोहर बिसर्जनमा अवरोध भएको भन्दै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी परिचालित भएका छन् ।

स८कको दाँयाबाँया प्रहरी परिचालित गरि गाडी आवतजावत भइरहेका छन् । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन।

काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्