स्ववियू सभापति बुढाथोकीको रोहबरमा पाँच विद्यार्थी संगठनद्वारा कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी र हड्ताल नगर्ने प्रतिवद्धता

काठमाडौं – पाँच विद्यार्थी संगठनले कोटेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी र हड्ताल नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा सरोकारवालासँग वार्ता र विमर्श गरी समाधान निकाल्नलेबारे सबै विद्यार्थी संगठनले सहमति जनाएका हुन् ।

‘हामी विद्यार्थी सङ्गठनहरूका शैक्षिक र प्रशासनिक असहमति रहेमा शान्तिपूर्ण वातावरणमा क्याम्पस प्रशासन र सरोकारवालासँग शैक्षिक, प्रशासनिक र प्राज्ञिक विमर्श गरी समाधान निकाल्न तत्पर भई आज उप्रान्त कुनै पनि बहानामा शैक्षिक खलल पुग्ने गरी तालाबन्दी, सदैवका लागि अन्त्य भएको घोषणा गर्दै यो प्रतिबद्धता विज्ञप्ति जारी गर्दछौं,’– स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीको रोहबरमा विद्यार्थी संगठनले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा भनिएको छ ।

यदि कोही कसैले प्रतिवद्धताले निषेध गरेको कार्य गरेमा स्ववियू र सम्पूर्ण विद्यार्थी सङ्घ सङ्गठनहरूले त्यस्ता कार्यहरूलाई साथ नदिनेसमेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । नेपाल विद्यार्थी संघ कोटेश्वर इकाइ सभापति हरिराम केसी, अनेरास्ववियू (क्रान्तिकारी) का इकाई अध्यक्ष सरोज रायमाझी, अनेरास्ववियू संयोजक शैलेन्द्र श्रेष्ठ, अखिल क्रान्तिकारी (विप्लव) संयोजक मिठु टमटा, अनेरास्ववियु प्रतिनिधि सुशिल दाहालले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्