बझाङमा चन्द्रगगन बसपार्कको सिलान्यास, एक बर्ष भित्र काम सक्ने निर्माण कम्पनीको दावी

बझाङ –  बझाङमा बसपार्कको लागि स्थायित्व ठाउँ नभएर बेला वाउलि गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्कको सिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तानहरुले आपनो पुर्खाको सम्झनामा २३ रोपनि जमिन निशुल्क दिएपछि सनिबार एक औपचारिक कार्यक्रम गरी चन्दगगंन आधुनिक बसपार्क नामाकरण गरि सिलान्यास गरिएको हो।

जिल्ला समन्वय समिति संयोजक नर बहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले सयुक्त रुपमा बसपार्क को सिलान्यास गरे । बसपार्क निर्माणकालागि सहरि बिकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ५ करोड बजेट विनियोजन गरि ठेक्का गरेपछि बसपार्क निर्माणको काम अगाडि बढ्ने भएको बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा निर्माणको पहल पैरेवी गर्ने किस्न बहादुर बिष्ट दलले बताए ।  बसपार्क निर्माणकालागि माटो जम्मा गरेर गराविल गरिने पाच वटा यात्रु प्रतिक्षालय एउटा सटर सहित सौचालय निर्माण गरिने भएको छ। बसपार्क लगायत बझाङमा तीन वटा योजना पानकोट कैलास सडक, चैनपुर मयाना सडकको सयुक्त बजेट २५करोड हो।

बसपार्क निर्माण भएपछि उदघाटनको समय सम्म बसपार्क को बिचमा चन्दजङ बहादुर सिंह र गगंनजङ बहादुर सिंहको सालिक बनाउने जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले बताए। बझाङगि राजाहरुको परिवारले यस अगाडि पनि सरकारी कार्यालय बिद्यालयका लागि पनि आपनो जग्गा निशुल्क दिएका थिएँ। यो बजेटले मात्र बसपार्कको पुर्ण काम सम्पन्न नहुने हुदा डिपिआर अनुसार को कामको लागि थप बजेटको आवश्यक हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्