चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउन लाग्दा करेन्ट लागेको हो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्