लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त रोगकाबारे सरकारले गरेको काम कारबाहीको बारेमा सदनलाई जानकारी दिन रुलिङ गरेका हुन् ।

बैठकमा सांसदहरुले पशु चौपायामा लम्पीस्किन रोग भयाबह बन्दै गएको र किसानहरुलाई ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले सो रोग नियन्त्रणका लागि गाउँ–गाउँमा प्राविधिक पठाउनुका साथै खोवको प्रबन्ध गर्न माग गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्