शीर्ष नेताबीच सहमति भएपनि एकाएक किन सारियो सदन ?

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै आइतबार १ बजेका लागि तय भएको बैठक सोमबार ३ बजेसम्मका लागि सारिएको जानकारी गराएका छन् । प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै सदन अवरोध गर्दै आएको थियो ।

आज प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर संसदको अवरोध हटाउने सहमति गरेका थिए । बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गर्ने समझदारी बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्