विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।
शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । दुवैजना बिना विभागीय मन्त्री बनेका हुन् ।
माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।