बझाङ – बझाङमा २०औँ राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव २०८० को रुपमा मनाइएको छ । कृषिमा यान्त्रिकीरणलाई जोड दिँदै कृषि कार्यालयका प्रमुख टेक बहादुर बिष्टले धान रोपेर महोत्सवको शुभारम्भ गरेका छन् । जयपृथ्वी नगरपालिका–३ स्थानीय कृषकको खेतमा सामूहिक रुपमा धान रोपेका हुन् । जयपृथ्वी नगरपालिका उपप्रमूख रतन बहादुर सिंह प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे जिल्ला प्रहरी कार्यालय प्रमुख जागेश्वर भण्डारी स्थानीय आमा समूह, विद्यार्थी र कृषकहरु जम्मा भएर धानको बिउ खेतमा रोप्दै पूजा समेत गरेका छन् ।
‘जलवायू अनुकूलित कृषिमैत्री प्रविधि : धान उत्पादनमा बृद्धि’ भन्ने नारासहित रोपाइँ महोत्सव मनाइएको हो । कृषि क्षेत्रमा यान्त्रिकीकरण गरी आधुनिकतामा जोड दिएको कूषि कार्यालय प्रमुख बिप्टले जानकारी दिए। सो अवसरमा बोल्दै जयपृथ्वी नगरपालिका उपप्रमूख रतन बहादुर सिंहले कृषिको व्यावसायिकता र आधूनिकीकरणले बझाङ जिल्लामा कृषि क्षेत्रमा देखिने गरी काम हुँदै गएको बताए । जयपृथ्वी नगरपालिकाले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय सहकारी र सामूहिक खेती गर्ने कृषकहरुलाई उल्लेख्य मात्रामा अनुदान तथा कृषिसम्बन्धी यन्त्रहरु वितरण गर्दै आइरहेको छ । यो कार्यक्रम गर्नमा कृषि ज्ञान केन्द्र बझाङ आलुजोन बझाङ, युनाइटेड मिसन नेपाल, जयपृथ्वी नगरपालिका कूषि शाखाको सहयोग रहेको थियो।