अनुषा थापा
भक्तपुर
काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड के्रडिट कोअपरेटिभले बचतकर्ताको रकम फिर्ता नगरेको व्यापक गुनासो आएको छ । बचतकर्ताहरु दिनहुँ आफ्नो रकम माग्न सहकारी धाउँदा पनि उनीहरुले महिनौ दिनदेखि बचत फिर्ता पाएका छैनन् ।
आफ्नो रकम डुब्ने डरले अहिले उनीहरुलाई ‘न रातमा निन्द्रा न दिनमा भोक’ । सिन्सियरमा एकै बचतकर्ताले एक लाखदेखि सात करोड रुपैयाँसम्म बचत गरेका छन् । तर, विगत एक वर्षदेखि उनीहरुले साँबाव्याज नै पाएका छैनन् । सिन्सियर डुबेको थाहा पाएपछि अहिले आम सर्वसाधारण र व्यापारीहरुले बचत गर्न छोडेका छन् ।
सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचायले घुस खाँदै थोत्र्रा ट्याक्सीमा लगानी गरेपछि आफुहरुको बचत जोखिममा परेको बचतकर्ताहरु बताउँछन् । सिन्सियरको सबै कर्जा लगानी २००२, २००३, २००४ मोडेलको ट्याक्सीमा रहेको छ ।
सिन्सियरले यो एउटै ट्याक्सीबाट १६ लाखदेखि १७ लाख रुपैयाँसम्म उठाउनुपर्ने छ । तर, सरकारले २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेकाले अब सिन्सियरको लगानी बालुवामा पानी बराबर भएको छ । अहिले यो ट्याक्सी कबाडीमा बेच्दा पाँच हजार आउन समेत गाह्रो पर्छ ।
सिन्सियरले हिजो बजारमा पन्ध्र लाख पर्ने ट्याक्सीलाई घुस खाएर १२ लाख कर्जा प्रवाह गपर्यो । त्यसमा पनि २५ हजार घुस, २ प्रतिशत सेवाशुल्क, १६ प्रतिशतदेखि ४८ प्रतिशत ब्याज, सेयर अनिवार्य किन्न लगाउने र कर्जाको वर्षेपिच्छे २ प्रतिशत लिएर नवीकरण गर्न लगाउने तथा कर्जा चुक्ता गर्दा पनि रकमको २ प्रतिशत नाफा लिने ।
यता ऋणीले कर्जाको जति कित्ता तिरेपनि साँबा घट्दैन । किनकि तिरेको रकम सबै ब्याज र पेनाल्टीमै ठिक हुन्छ । त्यसैगरी, खातामा राखेको रकम पनि धमाधम हराउँछ र ऋणीलाई थाहै नदिई घरजग्गा, गाडी र सेयरको बीमा गराएर कमिशन खाइन्छ ।
कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचायले एक करोड पर्ने घरजग्गा, सेयर धितो राखेमा ६० लाख कर्जा प्रवाह गर्छ । त्यसमा ५ लाख घुस, २ प्रतिशत सेवाशुल्क र १६ प्रतिशतदेखि ४८ पतिशतसम्म ब्याज लिइन्छ ।
ऋण लिने समयमा नेपाली कागज र खाली कागजमा ऋणीलाई हस्ताक्षर वा औंठा छाप लगाउन लगाइन्छ । अशिक्षित व्यक्तिलाई झनै १५ लाख कर्जा लिएमा १७ लाखको तमसुक गराइन्छ ।
उता, ऋणको तीन कित्ता नतिर्नेबित्तिकै ऋणी नै मालपोत र यातायात कार्यालय नगई सिन्सियरले धितो आफ्नो नाममा ल्याउँछ । राम्रो धितो भएमा ऋण चुक्ता गरेपनि फिर्ता दिइदैँन । सिन्सियरले त्यस्तो धितो आफ्रनै नाममा राख्न खोज्छ ।
त्यसैगरी, ऋण तिर्नका लागि ऋणीलाई राष्ट्रिय दैनिक पत्रिका वा पत्रपत्रिकामा सूचना जारी गरिदैँन । बिना सूचना जारी गरी ऋणीको सम्पूर्ण धितो खाइन्छ । सिन्सियरले तानेको धितो ऋणीको ऋण तिर्छुभन्दा पनि फिर्ता गर्दैन ।
सिन्सियरका कर्मचारीहरु खुलेर भन्छन्, ‘हामी कहाँ ठुल्ठुल्ला राजनीतिक दलका नेता, सरकारी कर्मचारी र प्रहरीको समेत लगान िरहेको छ । कसैले हाम्रो के गर्न सक्दैँन ।’ सिन्सियरले ऋणीको गाडी तान्नका लागि गुण्डा खटाउने गरेको छ । एउटा गाडी तानेबापत गुण्डालाई २५ हजार दिने गरिन्छ ।
यता गाडी तानेपछि लुकाएर राखन्छ । सिन्सियरमा बचत गर्ने बचतकर्ताहरु आफ्ना सहकारीमा पैसा छ भनेर नभनी दुर्घटनावश मरेमा सहकारीले रकम फिर्ता गर्दैन । सिन्सियरले हजारौं ऋणीको धितो खाइदिएको छ । उनीहरुलाई सुकुम्बासीको अवस्थामा पुप्याएको छ ।
सिन्सियरबाट ऋण लिएका अधिंकाश सडकछाप भएका छन् । कोही देश छोडेर भागेका छन् त कोही जेल गएका छन् । यता सम्पर्कविहिन हुनेको पनि कमी छैन । सिन्सियरले मिटरब्याजमा कर्जा लगानी गर्छ भनेर सबैलाई थाहा छ । तर, कोही पनियसविरुद्ध बोल्न सक्दैँन ।
किनकि उसले गुण्डा पालेको छ । प्रहरी प्रशासन पनि किनेको छ । २०५७ साल मंसिर २९ गते सिन्सियर सहकारी विभागमा दर्ता भएको थियो । काठमाडौंको बासिन्दा भएपनि त्यसबेला सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको पुर्खोली सम्पत्ति २० देखि २५ लाख रहेको उनलाई चिन्ने मानिसहरु बताउँछन् ।
तर, अहिले २४ वर्षको बीचमा श्रेष्ठको सम्पत्ति अर्बभन्दा माथि रहेको उनलाई चिन्नेहरु बताउँछन् । उनी महाराजगञ्जबाट पुतलीसडक आउन करोडको गाडी चढ्छन् । यता सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का सहकारी दर्ता भएपछि कंलकीबाट पुतलीसडकसम्म गाडी भाडा नभएर पैदल हिड्ने गर्थे । उनी त्यसबेला बजारमा पैसा उठाउन्थे ।
त्यतिबेला उनको पुर्खोली सम्पत्ति १० देखि १५ लाख रहेको उनलाई चिन्नेहरु बताउँछन् । तर, अहिले श्रेष्ठको सम्पत्ति ६० करोडदेखि ७० करोडसम्म रहेको बताइन्छ । उनी कंलकीबाट पुतलीसडक आउन मात्रै अहिले करोड पर्ने गाडी चढ्छन् ।
यता सिन्सियरकी कर्जा अधिकृत मीरा कर्माचाय १६ वर्षअगाडि एउटा निजी अस्पतालमा महिनाभरिको १० हजार तलबमा काम गर्ने गर्थिन् । तर, सिन्सियरमा आएपछि उनले अहिले १६ वर्षको अवधिमा करोडको सम्पत्ति जोडेको उनलाई चिन्नेहरु बताउँछन् ।
सहकारीका कर्मचारीहरुले यसरी घुस खान्छन् भनेर सिन्सियर त एउटा पात्र मात्र हो । अहिले बैंक तथा वित्तिय संस्थाहरुले बिना घुस कर्जा प्रवाह गर्दैनन् । त्यसैले त जोकोही अहिले बैंक तथा वित्तिय संस्थाका कर्मचारी घुसिया हुन् भनेर भन्छन् ।
सिन्सियरका अध्यक्ष, सञ्चालक र कर्जा अधिकृत तीनै जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी परिसकेको छ । उनीहरुको सम्पत्ति छानबिन गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ मागसहित उजुरी परेको हो ।
सिन्सियरले अहिले पनि बचतकर्तालाई भ्रममा राखेको छ । कार्यकारी सञ्चालक राजेश खड्काले हामी भाग्दैनौं भनेर बचतकर्तालाई आश्वासन देखाउने गरेका छन् । तर, बचत भने महिनौं दिनदेखि फिर्ता गरेका छैनन् ।
यता बचतकर्ताहरुले आफ्नो रकम फिर्ता नपाएपछि उजुरी दिने भनेर भन्दा उनीहरु सहकारी विभागमा आफ्नो मान्छे भएको दाबी गर्दै कारबाही नहुने बताउँछन् । सिन्सियरका कर्मचारीहरुले मालपोत र यातायात कार्यालयको सरकारी ढट्टा वा फाइल कार्यालयमै ल्याउने गरेका छन् ।
सरकारले बनाएको कानूनअनुसार सरकारी फाइलहरु सरकारी कार्यालयभन्दा बाहिर लैजानु हुदैँन । तर, सिन्सियरले पैसा र पहुँचको आडमा कानूनकै धज्जी उडाएको छ । पछिल्लो समय सञ्चारमाध्यमहरुले सिन्सियरको यस्तो अवैंध धन्दाबारे बाहिर ल्याएपछि पीडित बचतकर्ता तथा ऋणी खुशी भएका छन् ।
ढिलो भएपनि सत्यको जित हुने भनेर उनीहरु बताउँछन् । सिन्सियरले अब जति पैसा खर्च गरेपनि वा पहुँच लगाएपनि कानूनले उसलाई नछोड्ने पीडित ऋणीहरुको विश्वास छ । सिन्सियरले अधिंकाश ऋणीलाई सडकछाप बनाएपछि सञ्चारमाध्यमहरु कलम चलाउन बाध्य भएका हुन् ।
सिन्सियरविरुद्ध बोल्दा वा कलम चलाउँदा कार्यकारी सञ्चालक राजेश खड्काले सञ्चारकर्मीलाई धम्काउने, थर्काउने वा प्रहरी प्रशासनमा उजुरी दिनेलगायतका काम समेत गरेका थिए । तर, सञ्चारमाध्यमहरुले सिन्सियरको पर्दाफास गरेपछि अहिले यो सहकारी जनताबाट नङग्रिएको छ ।
अहिले सिन्सियरको ठगीधन्दा सञ्चारमाध्यमहरुले एकाएक बाहिर ल्याउँदा पीडितहरु आफुहरुले न्याय पाउनेमा विश्वस्त छन् । उनीहरु भन्छन्, ‘राजेन्दभक्त, राजेश र मीरालाई जेल हाल्नुपर्छ ।’ सहकारीहरुले अधिंकाशलाई अर्बपतिबाट सडकपति बनाएका छन् ।
यसले गर्दा सहकारी भनेकै ठग, चोर र दलाल हुन् भनेर अधिंकाशको मनमा परिसकेको छ । सरकारले अब पनि सहकारीका सञ्चालकहरुलाई समातेर जेल नहाल्ने हो भने अवस्था झनै दर्दनीय हुनेछ । सहकारीले रकम फिर्ता नगरेको भन्दै सहकारी विभाग, प्रहरी प्रशासन, गाउँपालिका, नगरपालिकालगायतमा दिनहुँ हजारौं पीडित बचतकर्ताहरु उजुरी दिन धाउँछन् ।
तर, सरकार चासो दिदैँन । यता चार सातादेखि माइतीघर मण्डलामा चर्को घाम र वर्षाका बाबजुद सहकारी पीडितहरु धर्नामा बसेका छन् । उनीहरुको एउटै माग छ, ‘हाम्रो रकम फिर्ता गरियोस् ।’ तर, सरकार यो पनि सुन्दैन ।
सरकारले गरिबी कम गर्नका हिजो सहकारी दर्ता गर्न दिएको हो । तर, सहकारीले नै अर्बपतिलाई सडकपति बनाइदिएको छ । त्यसैले, अब सरकारले सहकारीका सञ्चालक, अध्यक्षलाई समात्नुपर्छ र उनीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । योसँगै सहकारीको दर्ता खारेज गरिदिनुपर्छ ।