रुषा थापा
भक्म्तपुर
काठमाडौं उपत्यकालगायत मुलुकभरका व्यापारीहरु अहिले व्यापारव्यवसाय ठप्प भएको गुनासो गर्छन् । उनीहरु सटर खोल्नु मात्र हुने र कहिलेकाँही त बहनी समेत नहुने बताउँछन् । करिब दुई वर्षअघि एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको व्यापार हुनेमा अहिले हजार रुपैयाँको हुन समेत धौंधौं पर्ने उनीहरुको भनाइ छ ।
व्यापारव्यवसाय ठप्पै भइपछि अहिले उनीहरु चिन्तित छन् । के–कसरी सटर भाडा तिर्ने र घर खर्च चलाउने भनेर उनीहरु त्रासित भएका छन् । एउटा सटरको ठाउँअनुसार ५० हजारदेखि १० लाख रुपैयाँसम्म तिर्नुपर्छ ।
यता एउटा कोठाको ५ हजारदेखि १५ हजार तिर्नुपर्दा एक फल्याटको २० हजारदेखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ । तर, अहिले अधिंकाश व्यापारीहरु तीन महिनादेखि एक वर्षको भाडा तिर्न नसकेको बताउँछन् । चाहेँ त्यो सटरको नै होस् या कोठाको ।
पहिलापहिला खाली सटर पाउन दलालीको प्रयोग गर्नुपथ्र्यो । २० लाखदेखि ५० लाख रुपैयाँसम्म तिर्छुभन्दा पनि खाली सटर पाइदैंन थियो । तर, अहिले जताततै खाली सटर भेटिन्छ । कतै टुलेट लेखिएको पोस्टर देखिन्छ त कतै घरखाली, सटर खाली, कोठा खाली, फल्याट खाली लेखिएको हुन्छ ।
अहिले सटर, कोठा, फल्याट जतिपनि खाली भएपनि त्यहाँ बस्न आउने कोही छैन । आर्थिक मन्दीका कारण मानिसहरुसँग पैसाको अभाव हुँदा अधिंकाश अहिले सञ्चालन गरिरहेको व्यापारव्यवसाय पनि त्यागेर वैदेशिक रोजगारीको खोजीमा लागिपरेका छन् ।
मुलुकभरका ६० प्रतिशत सटर खाली भइसकेका छन् । तीन वर्षअघि पाँच करोडमा किनेको घरजग्गा पैसाको खाँचो परेर सस्तो मूल्यमा बेच्छुभन्दा पनि बिक्री नहुने अवस्था आएको छ । त्यसैगरी, ३२ सय कित्तामा किनेको सेयर सय रुपैयाँमा बिक्दैँन त ५० लाखमा किनेको गाडी लाख रुपैयाँमा जादैँन ।
पछिल्लो समय बजारमा सबै क्षेत्रमा मन्दी आइपछि सहकारी त भागिहाले तर बैंकको पनि अवस्था नाजुक बन्दै गएको छ । अहिले राज्यको ढुकुटीमा राजस्व उठ्न निकै कम भइसकेको छ ।
यसले गर्दा अब सरकारले सरकारी खर्च कसरी धान्छ र सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता कसरी खुवाउँछ ? भनेर प्रश्न उठ्नुका साथै चिन्ता सिर्जना भएको छ । अहिले बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको बताइन्छ ।
अधिंकाश मानिसले आआफ्नो घरमा रकम लुकाएर राखेको सुनिन्छ पनि । सहकारी त बचतकर्ताको रकम लिएर रातारात फरार भइ नै हाले । बाँकी भएकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।
आज र भोलि भन्दै उनीहरुले बचतकर्तालाई उल्लु बनाउने काम गरिरहेका छन् । यता बैंकको पनि अवस्था त्यस्तै हुन पुगेको सुनिन्छ । बाहिरी रुपमा नदेखाएपनि मुलुकका कतिपय बैंक डुब्ने अवस्थामा पुगेको छ ।
अहिले नै बैंकमा एक लाखको चेक लिएर गएमा बचत फिर्ता नगर्न बहानाबाजी चल्छ । त्यसैले, कतै बैंक पनि सहकारीझै रातारात त फरार हुदैंन ? भनेर अहिले अधिंकाशको मनमा प्रश्न उठेको छ ।
केही महिनायता मालपोत र यातायात कार्यालय सुनसान छ । यता भन्सारमा समेत राजस्व संकलन हुन निकै कम भइसकेको छ । दुई वर्षअघि आनाको ८० लाखमा किनेको जग्गा अहिले बैंकको नाममा धितो राखेर एक लाख रुपैयाँ ऋण माग्दा पनि बैंक दिन तयार हुदैँन ।
अहिले बजारमा म्याट सकिएको खानेकुराहरु प्रशस्तै भेटिन्छन् । व्यापारव्यवसायमा मन्दी आइपछि ती सामान बिग्रिदैं गएका हुन् । तर, व्यापारीहरु अहिले पनि ग्राहक आए त्यँही सामान बिक्रीवितरण गर्ने दाउमा छन् ।
यता सरकार भने अनुगमनमा चासो देखाउँदैन । यसले उपभोक्ता ठगिने मात्र नभई त्यस्ता वस्तु उपभोग गर्दा मानवीय स्वास्थ्यमा असर परी कतिपयको ज्यानै समेत जाने गर्छ । त्यसैगरी, बजारमा सञ्चालित अधिंकाश पसल बिनादर्ता चलिरहेका छन् ।
सैलुन, भट्टी पसल, तरकारी पसल, किराना पसल, बियुटीपालरलगायत बिना दर्ता सञ्चालन भएका छन् । उता घरधनीहरु पनि घर भाडामा लगाएबापत महिनाकै ५० हजारदेखि लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
तर, राज्यलाई भने घरबहाल कर तिरेका छैनन् । घरधनीहरुले एउटै घरमा करोडदेखि अर्बो रुपैयाँ लगानी गरेका छन् । तर, लगानीबापतको पनि राजस्व राज्यलाई तिरिदैंन । यता ६÷६ महिनाको घरको प्राधिकरण समेत चेकजाँच गरिदैँन ।
अब सरकारले घरहरुलाई पनि घरेलु, कम्पनीमा अनिवार्य रुपमा दर्ता गर्नुका लागि पञ्जीकरण गर्नुपर्छ भनेर नीति नियम ल्याउनुपर्छ । साथै, अटेरी गर्ने घरहरुको राज्यबाट उपलब्ध हुने सेवा सुविधाहरु कटौती गर्नुपर्छ ।
अहिले बजारमा सर्वसाधारण जनता भन्छन्, ‘सहकारी त भागिहाल्यो । बैंक पनि भाग्ने दिन कुरेर बसिरहेको छ ।’ अधिंकाशले बैंकमा बचत गर्न छोडेका छन् । बचत भएकाले पनि धमाधम निकालेका छन् । यता बैंकमा धितो राखेर ऋण लिएकाहरुले पनि वर्षो दिनदेखि साँबाव्याज तिरेका छैनन् ।
जसले गर्दा अहिले बैंक डुब्ने अवस्थामा पुगेको अधिंकाशले अड्कलबाजी गरेका छन् । बैंक डुब्ने भएपछि मुलुकको अर्थतन्त्रमा गहिरो चोट पर्ने भएको छ । अहिले बैंक तथा वित्तिय संस्था डुब्ने डरले अधिंकाशले आफ्नो बचत निकालेर घरमा लुकाएका छन् ।
यता विदेशी नागरिकद्धारा नेपालमा व्यापारव्यवसाय सञ्चालन गर्दै आएकाहरुले पनि धमाधम पैसा विदेश पठाइरहेका छन् । किराना पसल, होटेल, रेस्टुरेन्ट, संघसंस्था वा घरायसी पेसामा संलग्न कामदारहरुले तीन महिनादेखि एक वर्षसम्मको तलब नपाएको सुनिन्छ ।
व्यापारीले हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् । घरधनीहरु आफुखुशी भाडा लिन्छन् । अनि यातायात व्यवसायीहरु सरकारले भाडा घटाएपनि घटाउँदैनन् । यस्तो अवस्थामा महिनाको सात हजारदेखि दश हजार रुपैयाँ आयस्रोत हुनेलाई बाँच्ने गाह्रो परेको छ ।
पछिल्लो समय बेरोजगारीको संख्या हवात्तै बढेको छ । पैसा ननभएपछि साहु महर्जनले धमाधम कामदार निकालेका छन् । त्यस्तै, घर बनाउने पनि अहिले शून्यझै भएका छन् । जोकोही अहिले काम नै नपाउने र केही गरी पाएपनि तलब नदिने गुनासो गर्छन् ।
बजारमा पूरै मन्दी आउँदा पनि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थमन्त्री प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल निदाएर बसेका छन् । अहिले पनि यसतर्फ उनीहरुको ध्यान गएको छैन ।
महंगी, बेरोजगारी र गरिबीका कारण अहिले जनता भोकभोकै हिडेका छन् । उनीहरु गाडी चढ्ने पैसा नभएर घण्टौं पैदल हिडेका छन् । तर, सरकारी कर्मचारी अहिले पनि जनताप्रति जिम्मेवार भएका छैनन् । उनीहरु बिना घुस कुनै काम गर्दैनन् ।
एउटै उदाहरण नै भन्नुपर्दा भक्तपुरको सूर्यविनायक नगरपालिकामा कार्यरत कर्मचारीहरु बिहान १० बजे आउनुपर्नेमा १२ बजे आउँछन् । यता बेलुका ५ बजेसम्म बस्नुपर्नेमा २ बजे नै निस्किछन् त बिहान खाली हात आएकोमा बेलुका झोलाभरी सामान बोकेर लैजाने त्यहाँकै स्थानीय बताउँछन् ।
त्यसैगरी, नगरपालिकाका नगर प्रहरीहरु पनि मेयर र उपमेयरलाई सलाम ठोकेकै भरमा तलबभत्ता खान्छन् । न फुटपाथ व्यवसाय हटाउन नै जान्छन् न सरकारी जग्गाको खोजतलास गर्छन् । सरकारी कर्मचारी त दलली भइ नै हाले ।
तर, मेयर, उपमेयर, वडाध्यक्षलगायत जनप्रतिनिधिहरु पनि कमाउनै आएका हुन् । मुलुकको अर्थतन्त्र जोगाउन अर्थविद् र विज्ञहरुले सरकारी कर्मचारी तथा जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्ने सल्लाह, सुझाव दिँदा पनि सरकारले सुनेन ।
सरकार विदेशी ऋण लिने र तलबभत्ता खुवाउनेतिर लाग्यो । विभिन्न मुलुकबाट नेपाल नै धितो राखेर नेपाल सरकारले २२ खर्बभन्दा बढी विदेशी ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा ८० हजारभन्दा बढी विदेशी ऋण पुगिसकेको छ ।
अहिले जनताले कर तिर्न छोडिसकेका छन् । जसले गर्दा अब सरकारी कर्मचारी र जनप्रतिनिधिले कहाँबाट तलबभत्ता खान्छन् र कहाँबाट गाडी चढ्छन् ? महंगीका कारण जनता एक छाक खाना खान थालेका छन् ।
यता बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कतिपयले आत्महत्याको बाटो रोजेका छन् । तर, यस्तो अवस्था हुँदा पनि न सरकारी कर्मचारी सुध्रिएका छन् न जनताबाट चुनिएर आएका जनप्रतिनिधि । उनीहरु अहिलेपनि घुसकै लोभमा छन् ।
सर्वसाधारण जनता अहिले खुलेर भन्छन्,‘मुलुकको अर्थतन्त्र धरायसी बनाउनुमा कर्मचारी र जनप्रतिनिधिकै हात छ ।’ जनता कर्मचारी र जनप्रतिनिधिका कारण यो अवस्था निम्तिएको आरोप लगाउँछन् । यसले अब जनता सडकमा उत्र्रिएपछि कर्मचारी र जनप्रतिनिधि देश छोडेर भाग्नुपर्ने अवस्था आउने छ । र, त्यो दिन उनीहरु यो देशमा अन्तिम दिन हुनेछ ।
जनताले तिरेको करमा त सरकारी कर्मचारी र जनप्रतिनिधिले मोजमस्ती गरे नै तर देश धितो राखेर पनि रमाउन रमाए । सरकार अहिले पनि मुलुकको अर्थतन्त्र ठिकठाक भएको दाबी गर्छ । तर, बजारमा अवस्था बुझ्रदा देश श्रीलंकाभन्दा नाजुक अवस्थामा पुगेको थाहा पाइन्छ ।
अब सरकारले कतिन्जेल सञ्चारकर्मी र जनताको आँखामा धुलो हाल्ने ? कतिन्जेल जनतालाई सरकारविरुद्ध सडकमा आउन नदिन रणनीति खेल्ने ?
श्रींलकामा त जनता सडकमा उत्र्रिएपछि त्यहाँका राष्ट्रपति नै देश छोडेर भाग्नुपर्ने अवस्था आएको थियो । त्यसरी नै अब नेपालका राजनीतिक दल, सरकारी कर्मचारी र जनप्रतिनिधि पनि रातारात फरार हुनुपर्ने अवस्था आउने छ ।