हजुरआमा भोलिब्यानै, गहुँ रोटी पकाउनी
गजुवा र तिलुवा बल्ल, खोलानी लगाउनी ।
चन्न भैसि दिन्या हुन्थ्यो, घिउ पकाउन्या इजा!
घिउगुड मिलाइ बर, सातै मौलाइ सिजा ।
गाडामा पानीकि ताल, बिउ गाड्डाका दिन
इचली डिणलो लाउन्या, काका थ्या सौकिन ।
ब्यान्नलै बल्लकि लेख, जोगायाको घास
गजुवा बल्ल थाहा हुन्थ्यो, रोपाइँकी अतास ।
गहुँका घिउ लाया रोटा, अमृत जस्सै हुन्थ्या
रोप्दा गाडा सकि बर, सबै संगै आउन्थ्या ।
हलोभाँडो कानमा राखि, बल्लु लाउन्था आघा
रोप्ना गाडा रोप्द्यानुको, कति राम्रो भाका ।
पल दादा हलिया हुन्थ्यो, मुइ खनुन्थ्या बौस
रोप्दा गाडा बिउ फाल्लाकि, कति हुन्थी हौस ।
अर्म पर्म हुन्थ्यो गाँउको, मिलन्थ्यो संस्कार
कुलाका पानीकि लेख, मिलाउन्थ्या दिनबार ।
उन दिन कति रहर हुन्थि, हिलोमा खेल्लाकि
रितिथिति हराउन लागि, जोगाउन मिल्लाकि ।
गीतका रचनाकार विष्णु जोशी दार्चुलाको शैल्यशिखर नगरपालिकामा सहायक चौथो तहमा कार्यरत छन् ।