अदालत र सरकार भारतको गुलाम हो, फिल्म चल्दैन र चल्न दिइनेछैन : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अदालतको आदेश मान्न नसकिने बताएका छन् । उहाँले भन्नुभएको छ “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।”
उच्च अदालत पाटनले नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णण कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएसँगै मेयर बालेनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो भन्ने बुझिने बताएका छन् । यस्तै अदालत र सरकार भारतको गुलाम भएको समेत आफ्नो फेसबुकमा पोष्ट गरेका छन । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्