किन बस्दैछ एकीकृत समाजवादीको संसदीय दलको बैठक?

काठमाडौँ – सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको छ, कार्यसूची तय भइसकेको छैन ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ। एकीकृत समाजवादीका सांसदहरूले बजेटमाथि तीव्र असन्तुष्टि जनाइरहेका छन्। पार्टीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र पाण्डेले बजेट यथास्थितिमा पास हुन नसक्ने बताउँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्