विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ – आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो। नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे। इर्भिनले नटआउट १२१ रन र विलियन्सले नटआउट १०२ रन जोडे।

त्यसअघि ओपनर जोएलर्ड २५ रन र माधेवेरे ३२ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्