काठमाडौं – एकदिवसीय विश्वकपको छनोटका लागि दोस्रो ‘वार्म अप’ खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानबाट २६८ रनको लक्ष्य पाएको छ ।
हरारे स्पोर्ट्स क्लबमा पहिले ब्याटिङमा आएको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६७ रनको योगफल खडा ग¥यो ।
नेपालका सोमपाल कामीले पाँच विकेट लिए । ९.२ ओभर बलिङ गरेका सोमपालले दुई मेडन राख्दै ५७ रन खर्चिए । सन्दीप लामिछानेले तीन विकेट लिए । सन्दीप यसअघि पहिलो ‘वार्म अप’ खेल खेलेका थिएनन् । यसबाहेक, करण केसी र प्रतिश जिसीले एक विकेट लिए ।
यसअघि पहिलो ‘वार्म अप’ खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग तीन विकेटले पराजित भएको थियो ।