मुख्यसचिव परिवर्तन, नयाँ मुख्यसचिवमा अर्याल नियुक्त

काठमाडौँ – सरकारले मुख्य सचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याल नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी प्रदान गरेको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको साउदले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्