काठमाडौँ – सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
सरकारले वैरागीलाई नयाँ जिम्मेवारी समेत प्रदान गरेको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।