एकदिवसीय विश्वकप छनोट अघिका अभ्यास खेलमा नेपालको लगातार तेस्रो हार : भोलि ओमानसँग खेल्ने

काठमाडौँ – आईसीसी एकदिवसीय विश्व कप छनोटअघिका अभ्यास खेलमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । यूएईसँग ३ विकेटले पराजित नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । जिम्बावेको हरारेमा हिजो भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । अब नेपालले अन्तिम अभ्यास खेलमा भोलि ओमानसँग खेल्नेछ ।

यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । त्यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्