ईयूको कालोसूचीबाट नेपाल अझै हट्न सकेन्, पोखरामा भएको विमान दुर्घटना मुख्य कारण

काठमाडौं – युरोपेली यूनियन (ईयू) को कालोसूचीबाट नेपाल अझै हट्न सकेको छैन । ‘एभिएसन सेफ्टी लिस्ट अर्थात कालोसूचिबाट नेपाल हट्न नसकेको हो ।

यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहो¥याएको हो । यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

सुरक्षा काउन्सिलको बैठक मे र नोभेम्बर महिना गरि वर्षमा दुई पटक बस्ने गरेको छ । सो बैठकले मात्र यो सूची पुर्नरावलोकन गर्छ । ईयूले बुधबार उक्त सूची सार्वजनिक गरेको हो । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्