काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन्। शनिबार साँझ सवा ६ बजे उनीसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका हुन्।
जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन्।