बझाङमा दुई जना कैदीको बाँकी सजाय मिनाहा

बझाङ – बझाङ जिल्ला कारागारमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा भएको छ ।
गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३वर्ष कैद फैसला भएका जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका -१ का बिनु चाैधरीको बाँकी कैद सजाय माफी मिनाहा भएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताए । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनिहरुको बाँकी कैदी मिनाहा भएको कारागार प्रमुख घर्तीले बताएका छन्। मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।यो निर्णयले बझाङमा पनि दुई जना कैदीको बाँकी सजाय मिनाहा भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्