काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराए । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो प्रकरणका दोषीलाई उम्काउने षडयन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। अध्यक्ष ओलीले सो प्रकरणको छानविनमा हस्तक्षेप नगर्न पनि सरकारलाई भने । अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरुको छानविनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिवद्धता समेत व्यक्त गरे ।