विकास निर्माणका १५ बुँदे माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम आमरण अनशनमा

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम विकास निर्माणका १५ बुँदे माग राख्दै शनिबार बेलुकीदेखि बर्दियामा आमरण अनसनमा  बसेका छन् ।

बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित गौतम बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशनमा बसेका हुन् ।  उनकाे बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग रहेका छन् ।

उनको मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल तत्काल निर्माण गर्नुपर्ने रहेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने गरी बनाइएको पुल उदघाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो । पप्पु कन्स्ट्रक्सनले उक्त पुल बनाएको थियो ।

सांसद गौतमसँगै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्