३२ वर्षीया आफ्नै दिदी हत्या गरेको अभियोगमा पक्राउ

दोलखा, आफ्नै दिदी ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या गरेको अभियोगमा मेलुङ गाउँपालिका-१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विगत १ वर्ष देखि माईतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किरातिछाँप र जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्