काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।