काठमाडाैं – नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बूलाइ हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो ।
उहाँहरुलाई राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शीतलनिवासमा शपथ ग्रहण गराउने तयारी छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले यो नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन तर अझै पनि पूर्णता भने पाएको छैन । खानेपानी र वन तथा वातावरण मन्त्रालयमा रिक्त रहेको छ ।