आजको मौसम : आज पनि देशभर वर्षा, शुक्रबारबाट मौसममा सुधार आउने

FILE PHOTO

काठमाडौँ – मुलुकभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण माथिल्लो भेगमा बेमौसमी हिमपात भइरहेको छ।

त्यस्तै गण्डकी, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही भूभागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो क्रम आज दिनभरि नै चल्ने महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव भोलिसम्म रहने र आज दिनभर लुम्बिनी, गण्डकी, वाग्मती, मधेस, कोशीलगायतका प्रदेशमा यसको प्रभाव देखिने महाशाखाको भनाइ छ । ठाउँठाउँमा हल्का तथा मध्यम वर्षा हुने पनि महाशाखाले जनाएको छ ।

पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण गर्मीयाममा पनि जाडोको अनुभव भइरहेको छ। त्यस्तै हिमाली भेगमा हिमपात भइरहेको छ।नेपालमा सामान्यतयाः जुन १० को वरिपरिबाट मनसुन सुरु हुन्छ। अहिले भइरहेको वर्षा प्रि–मनसुन भएको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबारबाट मौसममा सुधार आउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्