काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिनेछन्।
राष्ट्रपति कार्यालयमा अपराह्न तीन बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनेछन्। कांग्रेसले मन्त्री बन्ने तीन जनाको नाम पठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आठौंपटक मन्त्रिपषिद् विस्तार गरेका थिए।
कांग्रेस उपसभापति समेत रहेका धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, मोहन बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।