सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको देखिएको भन्दै प्रहरीले उनलाई बुधबारै पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौंमा उनलाई उपस्थित गराइएको थियो । अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्