काठमाडौं – एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार सेमिफाइनल अन्तर्गतका दुई खेल हुने भएका छन् । जसमा एउटा खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछ भने अर्काे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
मुलपानी मूलपानी (माथिल्लो) मैदानमा खेल्दैछन् । दुई ओडीआई टिमले मूलपानीमा पहिलोपल्ट खेल्न लागेका हुन् ।
शनिबार मुलपानी मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु यूएई र ओमान भिड्नेछन् भने त्रिवि मैदानमा कुवेतसँग नेपालले खेल्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले तेस्रो स्थानका लागि आइतबार त्रिवि मैदानमा खेल्नेछ । फाइनल खेल १८ बैशाख (सोमबार) हुनेछ । यो प्रतियोगिताको विजेताले सेप्टेम्बरमा पाकिस्तान÷यूएईमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ ।