काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेमा कतारले नेपाललाई १५७ रनमै अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवाती चरणदेखि नै खराब प्रदर्शन रहेको थियो ।
लगातार विकेट गुमाएको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनायो । अन्तिम ओभरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ६ चौका हानेका थिए ।