‘काठमाण्डौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ स्थापाना गर्ने अभियान’ मा जोशीको १ लाख बढी सहयोग

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले डा. भगवान कोइरालाले नेतृत्व गरिरहनु भएको “काठमाण्डौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ स्थापाना गर्ने अभियान” मा १ लाख १ हजार रुपैँया सहयोग गरेका छन् ।

जोशी दम्पतीले डा. कोइरालालाई भेटेर सहयोग हस्तान्तरण गरेका हुन् । जोशीले डा. कोइरालाको “हृदय” मार्फत छुट्टै २५ हजार रुपैँया सहयोग गरेका छन् । सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको जोशीले बताएका छन् । यस अघि नै जोशीले दार्चुलाका २ विद्यालयमा मातृभूभी छात्रवृत्ति कार्यक्रम अन्तरगत ११/११ लाखको अक्षयकोष स्थापाना गरिसकेका छन् । जोशी दार्चुलाका स्थायी वासिन्दा हुन् । उनी हाल काठमाडौँको धापासीमा बस्छन् । जोशी संयुक्त राष्ट्रसंघमा कार्यरत छन् ।

यो पनि 

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्