काठमाडौँ – एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन्।
३० बल खेलका मल्लले ४ चौका र ५ छक्काको मद्दतमा रन बनाएका हुन्। यसअघि मलेसियासँगको खेलमा पनि मल्लले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकीय पारी खेलेका थिए। मल्लको अर्धसतकसँगै नेपाल लयमा पनि फर्किएको छ। अहिले क्रिजमा मल्ल र आरिफ शेख छन्। २९.२ ओभरको खेल चलिरहँदा नेपालले ४ विकेटको क्षतिमा १३५ रन जोडेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो। भूर्तेलले ८ बल र शेखले १० बल खेलेपनि दुबैले कुनै रन जोड्न सकेनन्। यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए।