काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूनामध्य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।