भेरी नदीमा निर्माणाधिन पुल भाँचिदा ४ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट– भेरी नदीमा निर्माणाधिन पुल (बेलिब्रिज) भाँचिदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका–८ तल्लुबगरस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज भाँचिदा एक जनाको मृत्यु भएको र अरु ४ जना घाइते भएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको प्रजिअ महतोले जानकारी दिनुभएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्